एसियाली मामिलामा चीन र रुस एकजुट
baahrakhari.com · Thu Jan 27 17:29:00 GMT 2022
बेइजिङ । चीन र रुसका वरिष्ठ कूटनीतिज्ञहरूबीच एसियाली मामिलामा दुवै एकजुट भएर अघि बढ्ने विषयमा सहमति भएको छ । पछिल्लो समयमा पश्चिमा जगतको दबाब बढिरहेका बेला दुई छिमेकी मुलुकबीच आपसी सहयोग, समर्थन र समन्वयको सहमति जोडदार रूपमा अघि बढेको हो ।
चीनको विदेश मन्त्रालयको एसियाली मामिला इकाइका प्रमुख लिउ जिन्सोङ र रुसी विदेश मन्त्रालयका एसिया–प्रशान्त विभागका अध्यक्ष ओभ्चिन्नीकोभ एलेक्सी मिखाइलोभिचबीचको मंगलबार सम्पन्न भर्चुअल बैठकमा यो सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)