लगातार दुई खेलमा ओपनर कुशल भुर्तेलको शतक
gorkhapatraonline.com · Thu Jun 04 07:46:42 GMT 2026
नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले लगातार दुई खेलमा शतक बनाउनुभएको छ । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बिहीबार कुशलले शतक बनाउनुभएको हो ।
यसअघि अघिल्लो खेलमा चीनविरुद्ध उहाँले शतक बनाउनुभएको थियो । सिंगापुरमा भएको खेलमा मलेसियाले टस जितेर फिल्ड रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालका लागि कुशलले ४४ बलमा शतक सय रन बनाउनुभएको हो । विष्फोटक ब्याटिङ गर्नुभएका कुशलले ४४ बलमा १० चौका र सात छक्काको मद्दतमा सय रन पूरा गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)