मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकाविरुद्धको पहिलो वान डेमा बंगलादेश विजयी

ekantipur.com · Mon May 24 00:50:47 GMT 2021

काठमाडौँ — बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो वान डे आइतबार ३३ रनले जितेको छ । खराब सुरुवात गरे पनि खेलमा फर्कन सफल बंगलादेशले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय ५७ रन बनाएको थियो । जवाफमा श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउन अगाडि २ सय २४ रन मात्र बनाउन सक्यो ।

टिमले ९९ रन बनाउँदासम्म चार विकेट गुमाइसकेको बंगलादेशका लागि मुसफिकर रहिम र महमुदुलाहले शतकीय साझेदारी गरे र टिमलाई मबजुत स्कोर खडा गर्न मदत गरे । रहिमले सर्वाधिक ८४ रन बनाए भने महमुदुलाहले ५४ रनको योगदान दिए । नियमित अन्तरमा विकेट गुमाएको श्रीलंकाले बलियो जवाफ पेस गर्न सकेन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)