रूकुम पश्चिममा प्रलोपाका जनार्दन शर्मा तेस्रोमा झरे
baahrakhari.com · Sat Mar 07 18:19:29 GMT 2026

काठमाडौं । रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्मा तेस्रो स्थानमा पुगेका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता बढाउँदै गएको छ ।
पछिल्लो मतपरिणामअनुसार नेकपाका गोपाल शर्माले १८ हजार ३८५ मत ल्याएका छन् । नेपाली कांग्रेसका राजु केसीले १४ हजार २९२ मत पाएका छन् । शर्मा १२ हजार ९६७ मतसहित तेस्रो स्थानमा झरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)