ओलीले राष्ट्रपति जस्तो गरिमामय संस्थालाईसमेत शिखण्डी बनाउने दुष्प्रयास गरेः सांसद श्रेष्ठ
lokpath.com · Mon Mar 29 17:28:02 GMT 2021
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपतिजस्तो गरिमामय संस्थालाई समेत शिखण्डी बनाउने दुष्प्रयास गरेको बताएका छन् । उक्त कुरा उनले आफ्नो फेसबूक स्टाटसमा लेखेका हुन् ।
नेता श्रेष्ठले प्रधानमन्त्रीले आफ्नो पार्टीमा भएको अन्तर्विरोधको रीस संसदमा पोख्ने ‘बालहठ’ प्रदर्शन गरेको बताउँदै पुनः संसद भङ्ग गर्ने षड्यन्त्र गरिरहेको बताएका छन् । उनले गोरु नाङ्गै हिँडेजस्तै सरकार निर्लज्ज रूपमा फेरी पनि संसद विघटन गर्ने बहाना खोजिरहेको बताउँदै संसदलाई आफ्नो ‘स्वार्थको बन्दी’ बनाएकोमा कटाक्ष गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)