मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानीकर्तामा थप उत्साह

nayapatrikadaily.com · Wed Jan 10 00:37:00 GMT 2024

सामान्यतया पुस मसान्त सेयर लगानीकर्ताका लागि खर्च जोहो गर्ने समय भएकाले बजार दबाबमा रहने विगतको ट्रेन्ड छ । तर, यसपटक लगानीकर्ताले विनादबाब सेयर बजारमा लगानी बढाइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, कर्जा प्रवाह नहुँदा आगामी दिनमा ब्याजदर झनै घट्ने अनुमान लगानीकर्ताले गरेका छन् । सोही कारण मंगलबार नेप्से परिसूचक २० दशमलव ६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा आइपुगेको छ । साताको पहिलो कारोबार दिन बजार घटेको भए पनि सोमबार र मंगलबार नेप्से सूचक हरियाली बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)