मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करिब २७ हजार मतान्तरले गच्छदारलाई हराउँदै अशोक निर्वाचित

ratopati.com · Sat Mar 07 18:50:31 GMT 2026

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अशोक चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई करिब २७ हजार मतले पछि पार्दै जित हात पारेका हुन् ।

चौधरीले ४७ हजार ४२१ मत ल्याउँदा गच्छदारले २० हजार ५ सय १ मत ल्याएका हुन् । त्यस्तै, नेकपा एमालेकी निवर्तमान सांसद भगवती चौधरीले १५ हजार ८३ मत ल्याइन भने श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले १ हजार ७८० मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)