प्रधानमन्त्री बालेनलाई एमाले सांसदको प्रश्न– मेयर हुँदा राखिएको ग्रेटर नेपालको नक्सा अहिले खै ?
baahrakhari.com · Mon May 18 06:50:44 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएकी हुन् ।
“सम्माननीय प्रधानमन्त्रीज्यू मेयर हुँदा राख्नुभएको ग्रेटर नेपालको नक्सा अहिले खै ? यहाँ पनि फेरि चाहियो भन्ने माग गर्न चाहन्छु । जनताले त्यही देखेर केपी ओलीभन्दा राष्ट्रबादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)