झापा २ मा निवर्तमान सभामुख घिमिरे पराजित, निवर्तमान उपसभामुख मगर विजयी
annapurnapost.com · Sat Mar 07 18:50:17 GMT 2026

झापा : झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राणा मगर भारी मतान्तरले विजयी भएकी छन्। निवर्तमान उपसभामुख समेत रहेकी मगरले निवर्तमान सभामुख देवराज घिमिरेलाई पराजित गरेका हुन्।
मगरले निकटतम प्रतिस्पर्धी एमालेका घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पछि पार्दै दोस्रो पटक संसदीय यात्रा जारी राखिन्। मगरले ६० हजार ११० मत ल्याउँदा घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)