२३ वर्षमै प्रधानपञ्च, अहिले फेरि सांसद
ratopati.com · Sat Mar 07 18:54:59 GMT 2026

धनगढी । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन् । लामो समयदेखि डोटीको राजनीति र जनप्रतिनिधि बनेर सक्रिय भएका खड्का यस पटकको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै संसद पुग्न सफल भएका हुन् ।
पूर्वीचौकी गाउँपालिका–१ फुलौट, डोटीका स्थायी बासिन्दा खड्काको जन्म साविक खिरसैन गाविसमा २०१४ सालमा भएको हो । उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु गरेका थिए । २०३२ सालतिर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघको इकाई उपसभापति बनेर उनले औपचारिक रूपमा राजनीति सुरु गरेका हुन् । त्यतिबेला उनी डोटी बहुमुखी क्याम्पस, सिलगढीमा अध्ययनरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)