बागलुङका विकासे अड्डाको पुँजीगत खर्च निराशाजनक
gorkhapatraonline.com · Thu Jun 11 02:23:47 GMT 2026

चालु आर्थिक वर्षको अन्तिम महिना नजिकिँदै गर्दा बागलुङका विकासे अड्डाहरूको पुँजीगत खर्च निराशाजनक देखिएको छ। समयमै विकास बजेट खर्च हुन नसक्दा सडक, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधारसम्बन्धी योजनाहरू भुक्तानी अभावमा प्रभावित भएका छन्।
संघ र प्रदेश सरकारबाट प्राप्त हुने भुक्तानीमा ढिलाइ भएपछि कतिपय ठेकेदारले कामसमेत रोकेका छन्। संघ सरकारअन्तर्गतका कार्यालयहरूले कुल १ अर्ब ५४ करोड ९ लाख रुपियाँ विकास बजेटमध्ये जेठको अन्तिम सातासम्म ६४ करोड ४९ लाख रुपियाँ मात्रै खर्च गरेका छन्। यस्तै, प्रदेश सरकारतर्फको १ अर्ब ५५ करोड ४६ लाख रुपियाँ बजेटमध्ये ६४ करोड ४७ लाख रुपियाँ खर्च भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)