आजको दिनले सर्वोच्च त्यागको स्मरण गराउँछ : राष्ट्रपति भण्डारी
lokaantar.com · Mon Jan 30 00:34:59 GMT 2023
राष्ट्रपति विद्यादेवी भण्डारीले आज शहीद दिवसले शहीदहरुले जनता र देशका लागि गरेको सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् । शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सो कुरा बताएकी हुन् ।
“सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु” सन्देशमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)