पर्सामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने पक्राउ
ekantipur.com · Fri Jan 06 16:55:10 GMT 2023
पर्सा — गुणस्तरहीन घ्यू उत्पादन गर्ने एक जनालाई पर्सा प्रहरीले शुक्रबार पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका-१६ स्थित आफ्नै घरमा गणपति रिप्याकिङ उद्योग, गणपति पूजा सामग्री रिप्याकिङबाट मिसावट गरी तयार पारिएको २० केजीको तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २६० लिटर, विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६१३ लिटरसहित राजेश रायलाई पक्राउ गरेको जनाएको छ ।
रायमाथि नापतौल गुणस्तरीय कार्यालय वीरगन्ज तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)