फरार अभियुक्त कालिबहादुर खामको विषयमा ओली र दाहालबीच जुहारी
hamrakura.com · Fri Jan 22 17:48:00 UTC 2021
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश र सुदुरपश्चिमको भेलामा प्रहरीको नजरमा फरार रहेका पूर्व माओवादीका व्रिगेडियर कमाण्डर कालिबहादुर खामको चर्चा गरे । गृहमन्त्री रामबहादुर थापालाई अगाडी राखेर यतिबेला म कालिबहादुर खामहरुलाई सम्झिरहेको छु भनेका थिए । त्यसपछि गृहमन्त्री थापाकै साथ लागेर वालुवाटार छिरेका खामलाई प्रधानमन्त्रीले केन्द्रीय सदस्य बनाउने र प्रहरीमा भएको मुद्धा फिर्ता गर्ने आश्वासन दिएको स्रोतको दावी छ । त्यतिबेलाको भेटपछि खामले द्धन्दपीडित र माओवादी जनयुद्धमा घाइते तथा अपांगता भएका नागरिकलाई सरकारले राहत दिन सके यो सरकारप्रति पूर्व माओवादीहरु आकर्षित हुने बताएका थिए । त्यसमा प्रधानमन्त्री र गृहमन्त्री समेत सहमत रहेका छन् । त्यसको लगत्तै खाम कोहलपुरको एक कार्यक्रममा देखिएका थिए ।
अहिले खाम र धनबहादुर मास्कीले पूर्व माओवादीका नेता कार्यकर्ताहरुलाई ओली समूहमा लाग्न र रामबहादुर थापा वादललाई सहयोग गर्न लागिरहेका छन्। यो थाह पाएपछि पुष्पकमल दाहाल प्रचण्डले पनि सार्वजनिक कार्यक्रमहरुका खामको नाम लिन थालेका छन् । एकप्रकारले भन्ने हो भने गुमनाम रहेका खाम यतिबेला सत्ता पक्ष र सत्ताइतरका नेताहरुको आँखामा परेका छन् । माओवादीका जनमुक्ति सेनाका पूर्वकमान्डर कालीबहादुर खामलाई प्रहरी वृत्तमा भगौडा र फरार सूचीमा रहेका एक अपराधी हुन तर गृहमन्त्रीसँगै वालुवाटारमा प्रवेश पाएपछि भने उनी अहिले सार्वजनिक हुन थालेको कोहलपुरको एक कार्यक्रममा उनी देखिएपछि पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)