मुकेश अम्बानीको ‘एन्टिलिया’को घरबाहिर शंकास्पद कार,जिलेटिनको २० ओटा छडी बरामद
arthadabali.com · Thu Feb 25 17:35:15 UTC 2021
भारतका सबैभन्दा ठूला र धनी उद्योगपति मुकेश अम्बानीको ‘एन्टिलिया’स्थित घरबाहिर शंकास्पद कार र २० ओटा जिलेटिनको छडी भेटिएको छ । आजतकका अनुसार मुम्बई पुलिसको टोली घटनास्थल पुगेको छ।
शंकास्पद कारको बारेमा सूचना प्राप्त भएलगत्तै मुम्बई अनुसन्धान कुकुरसहितको टोली, बम डिस्पोजल टोली र एटीएसको टोली पनि पुगेको छ । एटीएसले उक्त घटनामा आतंककारीको संलग्नता छ कि छैन भन्ने दृष्टिकोणले अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)