मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महिनामा ३० हजार कार्टुन बिक्छ 'हटपट', भारतदेखि युरोप, अमेरिकासम्म निर्यात

setopati.com · Thu Jul 14 00:18:54 GMT 2022

पोखरा नुडल्स प्रालिले 'हटपट' नामको चाउचाउ बजार पुर्‍याएको दुई वर्ष हुनै लागेको छ। पहिलो एक महिना ६ हजार कार्टुन उत्पादन गरेकामा हाल मासिक तीस हजार कार्टुन पुगेको छ। एक कार्टुनमा २० प्याकेट हुन्छ।

पोखरा नुडल्सले २५ वर्षभन्दा अघि, २०५३ सालमा चाउचाउ उत्पादन सुरू गरेको हो। रम्बा, बोनस, जोजो, सरर, सिटी, चिनो, समय लगायत नामका दर्जन हाराहारी प्रकारका चाउचाउ उत्पादन गर्दैछ। यसले बिस्कुटहरू पनि उत्पादन गर्छ। चाउचाउमा हटपट सबैभन्दा पछिल्लो उत्पादन हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)