रुस-युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट
nepalnews.com · Mon May 18 06:57:51 GMT 2026

मस्को। रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ।
यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक मानिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार, खसालिएका ड्रोनहरूसँगै एक ‘नेप्च्युन-एमडी’ निर्देशित मिसाइल र एक ‘फ्लेमिङ्गो’ क्रुज मिसाइल पनि नष्ट गरिएको छ। मन्त्रालयले रुसी सेनाले जवाफी कारबाहीस्वरूप युक्रेनका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)