पारिवारिक कथा बोकेको ‘मिस्टर भोला’ दर्शकमाझ चर्चामा
nagariknews.nagariknetwork.com · Thu Jun 11 01:50:03 GMT 2026

मिरा थापाको निर्माण तथा कलाकार / निर्देशक दिलिप थापाद्वारा लेखन निर्देशन गरिएको पारिवारिक कथामा आधारित सिरियल ‘मिस्टर भोला’ यतिबेला दर्शकमाझ चर्चामा रहेको छ। पारिवारिक परिवेशमा आधारित यस सिरियलमा सामाजिक, प्रेम तथा साथीभाइबीच हुने विश्वासघातका घटनालाई समेटिएको निर्माण टिमले जनाएको छ।
सिरियलमा ‘भोला’ पात्र केन्द्रमा रहेका छन्। यस सिरियलमा भोला र अरू कलाकारका जीवन यात्रा, पारिवारिक सम्बन्ध र उतारचढावलाई देखाइएको छ। हास्य दृश्यहरूसँगै भावनात्मक पक्षलाई सिरियलमा सन्तुलित रूपमा प्रस्तुत गरिएकाले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)