संसद्मा रिपोर्टिङ गर्ने पत्रकारलाई न्यूनतम सुविधा उपलब्ध गराइयोस्: सांसद सुनार
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद् भवन बाहिर रिपोर्टिङमा खटिने संसदीय पत्रकारहरूले भोग्नुपरिरहेको सास्ती र कठिनाइलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पत्रकारहरूका लागि संसद् भवन परिसरमा न्यूनतम मानवीय सुविधा समेत नभएको भन्दै आपत्ति जनाए।
रातदिन नभनी देश र जनतालाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने सञ्चारकर्मीहरूले संसद्को गेट बाहिर बस्नुपर्ने र आधारभूत आवश्यकताबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको उनले बताए। संसद्मा बोल्दै उनले भने, “संसदीय मामिलामा रिपोर्टिङमा खटिएका पत्रकार साथीहरूको गेट बाहिरको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको छ। रातदिन नभनेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकार साथीहरूलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउने र पिसाब लाग्दा वासरुम (शौचालय) जान पाउने व्यवस्था गरियोस्, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)