मदन भण्डारी राजमार्गको पुनः रेखांकन गर्न सांसद गजुरेलको माग
baahrakhari.com · Mon May 18 06:58:23 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा सिन्धुलीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशीष गजुरेलले मदन भण्डारी राजमार्गको पुनः रेखांकन गर्न माग गरेका छन् । सोमबार (जेठ ४) प्रतिनिधिसभा बैठकमा उनले हालको रेखांकनअनुसार निर्माण गरिँदा जिल्लाको पुरानोमध्येको धुराबजारलाई असर गर्ने बताए ।
“सिन्धुलीको पुरानो बजार धुराबजारबाट मदन भण्डारी राजमार्गको रेखांकन गरिएको छ । एउटा पुरानो बजारलाई हटाउनुपर्ने बाध्यताजस्तो पारिएको छ,” गजुरेलले भने, “राजमार्ग भनेको सहरको बीचबाट जाने होइन, त्यही भएर यसको पुनः रेखांकनका लागि कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)