प्रधानमन्त्री ओलीसँग देउवाको भेट
baahrakhari.com · Fri Dec 11 16:46:00 UTC 2020
काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट वार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा संवैधानिक परिषदको बैठक राख्ने समझदारी भएको बताइएको छ ।
प्रधानमन्त्री ओली र देउवाबीचको बैठकमा ओली तर्फबाट नेकपा संसदीय दलका उपनेतासमेत रहेका पूर्वसभामुख सुवास नेम्बाङ र देउवाका तर्फबाट कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखक सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)