मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीप्रति रावलको प्रतिवाद- म ६७ वर्ष लागेकोलाई बुढो भन्ने भए, ७० काटेका ओली कसरी तन्नेरी?

nepallive.com · Sat Nov 05 00:42:00 GMT 2022

काठमाडौं – शुक्रबार कञ्चनपुरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता भीम रावलले प्रतिवाद गरेका छन्। सभामा ओलीले डडेलधुरामा कांग्रेस बीपीबाट उम्मेदवार भएका कर्ण मल्ललाई मत दिन एमाले पंक्तिलाई निर्देशन दिइरहँदा दर्शकदिर्घाबाट भीम रावलको नाम उच्चारण भएपछि ओलीले केही आक्रोशित हुँदै रावल बुढो भएको बताएका थिए।

‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्‍यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’, ओलीको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)