कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
gorkhapatraonline.com · Thu Jun 11 02:35:51 GMT 2026

इलाम, जेठ २८ गते । फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो ।
केही वर्षअघि वैदेशिक रोजगारीमा रहनुभएका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । उहाँले सञ्चालन गर्नुभएको नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस अहिले स्थानीयस्तरमा मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्र बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)