कक्षा १२ सकेर बसेका विद्यार्थीका लागि साउथवेस्टर्न कलेजमा साइबर सुरक्षासम्बन्धी निःशुल्क ओरियन्टेसन
techpana.com · Thu Jun 11 02:28:54 GMT 2026

काठमाडौँ । 'साउथवेस्टर्न स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी' ले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई साइबर सुरक्षा (Cybersecurity) विषयमा निःशुल्क ओरियन्टेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम ५ असार बिहान ११ बजे काठमाडौँको बसुन्धारास्थित साउथवेस्टर्न कलेज परिसरमा सञ्चालन हुनेछ ।
कार्यक्रमको सहजीकरण सूचना प्रविधि कम्पनी 'लिपफ्रग कनेक्ट' का अनुभवी विशेषज्ञहरूले गर्ने कलेजले जनाएको छ । कलेजका अनुसार विद्यार्थीहरूलाई प्रविधिमैत्री, व्यावहारिक तथा भविष्यमुखी सीप प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम मार्फत विद्यार्थीहरूलाई साइबर सुरक्षा क्षेत्रका अवसर, चुनौती तथा करिअर सम्भावनाबारे जानकारी प्रदान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)