‘हाइकिङ ट्रेल’ प्रवर्द्धन गर्न टानको एकदिने हाइकिङ कार्यक्रम
pahilopost.com · Thu Jan 14 17:26:39 UTC 2021
पोखरा : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम गरेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करिब १५ किलोमिटर हाइकिङ गरेको हो।
‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतिसँगै यस क्षेत्रको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्नका साथै हाइकिङ ट्रेलको प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो,’ टानका अध्यक्ष सुशील पौडेलले भने।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)