मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

nepalnews.com · Thu Jun 11 02:41:29 GMT 2026

काठमाडौं । अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित १६ हप्ते आईटी छात्रवृत्ति कार्यक्रमका विजेता घोषणा गरिएको छ। नुवाकोटकी सोफिया तामाङ ‘च्याम्पियन’ र सर्लाहीकी प्राथना मिश्र ‘फस्ट रनरअप’ घोषित भएका छन् । दुवैले अष्ट्रेलियन आईटी कम्पनी एक्टिभ आईटीमा रोजगारी प्राप्त गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहीबार आयोजित कार्यक्रममा “सिस्टम नेटवर्क सपोर्ट जब रेडी प्रोग्राम” अन्तर्गत उत्कृष्ट विद्यार्थीहरूको घोषणा गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूले हासिल गरेका प्राविधिक सीपको प्रत्यक्ष प्रस्तुति दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)