मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकको सञ्चालक र सिइओको योग्यतामा थप कडाइ

nayapatrikadaily.com · Fri Dec 16 00:41:00 GMT 2022

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यतामा कडाइ गरेको छ । केन्द्रीय बैंकले खासगरी अपराध र कर्जा अनियमिततामा जोडिएका व्यक्तिलाई सञ्चालक र सिइओ बन्न थप कडाइ गरेको हो ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरेको पाँच वर्ष नभई बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा सिइओ बन्न नपाइने व्यस्था गरेको हो । यो मापदण्ड पूर्वाधार विकास बैंकको सञ्चालक तथा सिइओको हकमा समेत लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)