मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशका अर्थमन्त्रीलाई निर्माण व्यवसायीको प्रश्न : गरिसकेको कामको भुक्तानी कहिले पाइन्छ ?

nayapatrikadaily.com · Thu Dec 07 00:36:00 GMT 2023

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालाई निर्माण व्यवसायीले काम गरिसकेका आयोजनाको रकम कहिले पाइन्छ भनी प्रश्न गरेका छन् । बुधबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रममा निर्माण व्यवसायीहरूले संघ र प्रदेश सरकारमातहतका आयोजनामा व्यवसायीले गरेको कामको भुक्तानी तत्काल दिन माग गरेका हुन् ।

निर्माण व्यवसायी संघ दोलखाले आयोजना गरेको कार्यक्रममा मन्त्री लामालाई व्यवसायीहरूले प्रश्न गर्दै भने, ‘चर्को ब्याजदरमा ऋण खोजेर काम गरेको यही अवस्था व्यहोर्न हो मन्त्रीज्यू ?’ निर्माण सामग्री खरिद, कामदार ज्यालाजस्ता रकम समयमा बुझाउन नसक्दा निर्माण व्यवसायीहरू लुकेर हिँड्नु परेको उनीहरूले गुनासो गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)