विम्बल्डन टेनिस : स्वाटेक तेस्रो चरणमा
ekantipur.com · Thu Jul 06 00:44:22 GMT 2023
काठमाडौँ — शीर्ष वरीयताकी इगा स्वाटेक बुधबार विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेकी छन् । युएस ओपन तथा फ्रेन्च ओपन जितेकी स्वाटेकले स्पेनकी सारा सोरिवेस टोर्मोलाई ६–२, ६–० ले पराजित गरेकी थिइन् ।
अल इंग्ल्यान्ड क्लबमा २२ वर्षीया पोल्यान्डकी स्वाटेकले ८४ औं वरीयताकी सारालाई हराउन खासै मिहिनेत गर्नुपरेन । क्रोएसियाकी २० औं वरतिाकी डोना भेकिकले चीनकी झाङ सुआईलाई ६–२, ६–३ ले हराएर दोस्रो चरण तय गरिन् । आठौं वरीयताकी जर्मनीकी मारिया साकिरी पराजित भइन् । उनी युक्रेनकी मार्टा कोस्टयुकसँग ०–६, ७–५, ६–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)