मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

जनै बनाउने हो ? सिक्न आउनूस्

annapurnapost.com · Thu Aug 17 00:33:14 GMT 2023

काभ्रे : हिन्दु परम्पराअनुसार जनैको धेरै महत्त्व छ। व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै। तर, पछिल्लो समय पुरानो पुस्ताले जनै बनाउँदै आए पनि यसतर्फ नयाँपुस्तामा आकर्षण छैन। त्यसैले काभ्रेको पनौतीमा एक सहकारीले जनै बनाउने तालिम दिन सुरु गरिएको छ।

पनौती बजारमा रहेको ज्योति मिर्मिरे सहकारीले आफ्ना सदस्यहरूलाई बिर्सिँदै आएको जनै बनाउने विधि सिकाउने कार्य सुरु गरिएको हो। बजारको प्रशस्तै सम्भावना देखेपछि सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन सहकारीले तालिम दिएको हो। उत्पादनलाई प्राथमिकता, संस्कृतिको संरक्षण एवं धागोलाई बैद्धिक विधिअनुसार जनै बनाउन सहकारीले तालिम दिन सुरु गरिएको जनाएको छ। विदेशी मुलुकबाट करोडौं रुपैयाँको जनै आयात हुने र ती जनै विधिअनुसारको समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी भएर जनै बनाउने कार्य सिक्दै छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)