आजकै दिन : थ्याचरलाईभारी बहुमत
ekantipur.com · Fri Jun 09 00:29:42 GMT 2023
सन् १९८३ मा आजकै दिन (जुन ९) मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर नेतृत्वको कन्जरभेटिभ दल भारी बहुमतले आमनिर्वाचनमा विजयी भएको थियो । चुनावी परिणामसँगै थ्याचर दोस्रो कार्यकाल प्रधानमन्त्री बनेकी थिइन् ।
उनी १९७९ को मे ४ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । १९७८/७९ मा मजदुरहरूले तलब वृद्धिको माग गर्दै गरेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री जेम्स कालाघानले विश्वासको मत जुटाउन नसकेपछि मे ३ मा भएको चुनावबाट थ्याचर पहिलो पटक प्रधानमन्त्री भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)