८ किलो कोकिनसहित दुई भारतीय पक्राउ
ekantipur.com · Fri Mar 31 00:59:51 GMT 2023
काठमाडौँ — लागूऔषध नियन्त्रण ब्युरोले हवाईमार्ग हुँदै भारतको नयाँदिल्ली लैजान लागिएको झन्डै ८ किलो कोकिनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मिजोरमकी ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुई छन् ।
ब्युरोले चलाएको अपरेसनमा ती दुई भारतीय नागरिक ७ किलो ८८७ ग्राम कोकिनसहित पक्राउ परेका हुन् । उनीहरू कोकिनको भरिया मात्र भएको ब्युरो प्रमुख एसएसपी विकासराज खनाल बताउँछन् । उनका अनुसार लागूऔषध कारोबारीले उनीहरूलाई आतेजाते खर्च दिएर कोकिन लिन इथियोपिया पठाएका थिए । भालाललमी गत सोमबार काठमाडौं आइपुगेकी थिइन् । चैत २ मा दिल्लीबाट इथियोपिया हुँदै अफ्रिकी मुलुक गिनी पुगेकी उनी कोकिनको लगेज लिएर मोरक्को, दोहा हुँदै काठमाडौं आइपुगेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)