करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ
nayapatrikadaily.com · Thu Aug 12 00:37:00 GMT 2021
जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गरी फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
१९ फागुन २०७७ मा जबर्जस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ एक करोड रकम दिए मिलाई दिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भनी झुटो आश्वासन दिलाई त्रिपाठीले ठगी गरेको हमालको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)