मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कार्यपालिका र व्यवस्थापिकामाथि न्यायपालिकाको हस्तक्षेप सोचेजस्तो काम गर्न सकिएन : सभामुख

newsofnepal.com · Mon Feb 20 01:05:35 GMT 2023

काठमाडौं । सभामुख देवराज घिमिरेले न्यायालयका कारण कार्यपालिका र व्यवस्थापिकाले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकामाथि बेलाबेलामा हस्तक्षेप गरेका कारण यस्तो अवस्था आएको बताउनुभएको हो ।

सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा गर्ने गरेको बताउँदै उहाँले कार्यपालिका र व्यवस्थापिकाबीचमा समन्वय हुन नसकेको बताउनुभयो । उहाँले ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)