खुला राजनीतिमा ल्याउने विष्णुपुरकट्टीमा एमाले बैठक
ekantipur.com · Wed Aug 30 00:56:05 GMT 2023
काठमाडौँ — वर्षाका कारण शुक्रबार स्थगित एमाले सचिवालय बैठक सिरहाको विष्णुपुरकट्टीमा हुने भएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले तत्कालीन नेकपा मालेले भूमिगत रूपमा चौथो महाधिवेशन गरेको घरमा बुधबार सचिवालय बैठक गर्न लागेको हो ।
विष्णुपुरकट्टीमा प्रतीकात्मक रूपमा बैठक गर्न लागे पनि सो स्थानमा ३४ वर्षअघि भएको महाधिवेशनले झापा विद्रोहबाट उदाएको तत्कालीन नेकपा माले र्याडिकल राजनीतिक शक्तिबाट उदारवादी दलमा रूपान्तरण गरेको थियो । २०४६ भदौ ९ देखि १४ सम्म विष्णुपुरकट्टीमा भूमिगत रूपमा भएको तत्कालीन मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई दलको नेताका रूपमा स्थापित गरेको थियो । महाधिवेशनले एमालेको करिब साढे ३ दशक लामो राजनीतिलाई नयाँ बाटोतर्फ मोडेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेससँग कार्यगत एकता, माओ विचारधारा परित्याग गर्ने निर्णय गरेको तत्कालीन मालेको पछिल्लो वैचारिक अवतरणको प्रारम्भ त्यही अधिवेशनले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)