मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुहान सुक्यो, दमकलबाटै पानी

ekantipur.com · Mon Jun 12 00:46:55 GMT 2023

संखुवासभा — सुक्खा लागेर पानीको मुहान सुकेपछि खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण थालेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढाको सभाखोलाको पानी दुई दमकल एवं साना पानी ट्यांकरमा भरेर शुक्रबारदेखि बजारवासीलाई वितरण थालिएको हो । नगर प्रमुख महेश थपलियाका अनुसार टोलटोलमा लगेर बाँडिँदै छ ।

नगरपालिकाले खाँदबारीस्थित सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन गरिरहेको छ । ‘दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा पुर्‍याउन थालिएको छ,’ उनले भने । खाँदबारीमा ल्याइएको पानीका मुहान सुकेकाले नगर क्षेत्रमा चरम अभाव भएको हो । दमकलबाट भए पनि पानी वितरण सुरु भएपछि नगरवासीलाई केही राहत महसुस भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)