चलचित्र ‘नमेटिने घाउ’का लागि प्रधानमन्त्रीले गरे स्वरांकन
farakdhar.com · Sat Aug 03 17:28:31 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वरांकन गरेका छन् । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको स्वरांकन गरेका हुन् ।
एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उनले केही अगाडि अभिनय गरेका थिए । ‘एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गरेको अभियानलाई निरन्तरता दिनुहोस्...,’ यस्तै संवादमा प्रधानमन्त्री ओलीले स्वरांकन गरेको चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुंगानाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)