राष्ट्रिय ए डिभिजन लिग फुटसल : क्यासल फाइनलमा, सबिन बाहिरियो
nayapatrikadaily.com · Thu Oct 07 00:07:00 GMT 2021
पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली स्पोर्टस् क्यासलले फाइनलको यात्रा तय गर्दा अर्को घरेलु टोली सबिन मेमोरियल फुटसल क्लब भने क्वालिफायर राउन्डबाट बाहिरिएको छ ।
लिग चरणका खेल सकिँदा घरेलु टोली क्यासल २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा, १९ अंकका साथ धरानको द राइजिङ क्लब दोस्रो स्थान थिए । यस्तै, शंखमूल फुटसल १८ अंकका साथ तेस्रो र घरेलु टोली सबिन १६ अंकसहित शीर्ष चारमा थिए । बुधबारको क्वालिफायर राउन्डको खेलमा लिगको पहिलो स्थानमा रहेको क्यासल र दोस्रो स्थानमा रहेको राइजिङबीच पहिलो र अर्को खेल शंखमूल र सबिनबीच भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)