सरुवाका लागि अनलाइनबाट एक हजार ४३१ काे निवेदन, २५३ जनाको रोजेकै कार्यालयमा सरुवा
nepalwatch.com · Thu Jul 08 00:29:00 GMT 2021
गत मङ्सिरदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ। मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये २५३ जनाको रोजेकै कार्यालयमा सरुवा भइसकेकाे छ।
'अहिले दुर्गम क्षेत्रका कर्मचारी सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनु पर्दैन”, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भने, 'अहिले जता छ त्यहीँ बसेर रोजेकै कार्यालयमा सरुवा हुन्छ । मन्त्रालयका कर्मचारीले पनि अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा समय खर्चनु नपर्ने भएको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)