खाडी नपाउँदा समस्यामा जुट किसान
gorkhapatraonline.com · Thu Aug 27 05:30:33 GMT 2026

। राम्रो मूल्य पाउने आशा बोकेर जुट खेतीमा लगानी गरेका मोरङका किसान यतिबेला पाटा कुहाउन खाडी र नजिकैका तलाउ, पोखरीमा पानी नहुँदा ठुलो आर्थिक नोक्सानीमा पर्ने चिन्तामा छन् ।
यो वर्ष जुटको बोट राम्रो आयो । बजारमा सनपाट ननिस्किँदै छ हजार पाँच सयसम्ममा जुट बिक्री हुन थालेको छ । किसानले सनपाट काटेर खाडीमा हाल्ने बेलामा न खाडीमा पानी छ न त सनपाट हाल्ने खाडी नै प्रशस्त छन् । २०८१ सालमा चिसाङखोला किनारमा सनपाट गाड्दा बाढीले बगाइदियो । गत वर्ष सनपाट खेती अत्यन्तै कम थियो । खाडी, तलाउ र पोखरी भरिएका थिएनन् । यो वर्ष रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा सनपाट खेती विगतका वर्षको तुलनामा दोब्बर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)