जनताको पिरले किमको ज्यान सुक्यो
canadanepal.com · Sun Aug 22 16:26:29 GMT 2021
प्योङयाङ (एजेन्सी) - उत्तर कोरियाले त्यहाँका सर्बोच्च नेता किम जोङ उनको स्वास्थ्यबारे बहस गर्न आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको छ । नेता किमको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला कोरियाली सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । यसै वर्षको सुरुमा किम दुब्लो देखिएको तस्बिर सार्वजनिक भएपछि उनको स्वास्थ्यबारे विभिन्न टिप्पणी हुन थालेको थियो । उनी बिरामी परेको हुनसक्ने धेरैले अनुमान गरेका थिए ।
देश जनता भोकमरीमा परेको र सोही चिन्ताले किमले थोरै खाँदा उनी दुब्लाएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् । ‘आकस्मिक रुपमा घटेको तौल स्वास्थ्यमा आएको समस्याका कारण होइन, बरु देश र जनताको लागि सोचमग्न हुँदाको परिणाम हो,’ उत्तर कोरियाली अधिकारीको भनाई उदृत गर्दै त्यहाँका सञ्चार मध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)