विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नु : कामु प्रधानन्यायाधीश मल्ल
nepalnews.com · Mon May 18 07:42:11 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्। कामु प्रधानन्यायाधीश मल्लले गत २३ र २५ वैशाख लगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरु दर्ता गर्न आज आदेश दिएकी हुन्।
कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट निवेदन दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि अदालत प्रशासन नगरेको कानुन व्यवसायीको गुनासोपछि उनले उक्त आदेश दिएकी हुन्। साथै दर्ता भएका सबै रिट निवेदन ५ जेठका लागि पेसी चढाउनसमेत उनले आदेश दिएकी छन्। “कानुनले तोकेको विधि र प्रक्रियाबमोजिम अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ”, आदेशमा भनिएको छ, “यस्तो अवस्थामा नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ बमोजिम प्रधान न्यायाधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने आवस्थाको विद्यमानता देखियो।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)