मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड

nagariknews.nagariknetwork.com · Mon May 18 07:31:44 GMT 2026

राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले पूर्वाधार योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। उनले योजनाको कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए। सांसद घनश्याम रिजालले विगतदेखि नै बजेट कार्यान्वयन, पुँजीगत खर्च तथा आयोजना व्यवस्थापनमा विभिन्न कमजोरी देखिँदै आएको उल्लेख गर्दै विशेष गरी पुँजीगत खर्च वृद्धि गर्न आवश्यक रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)