मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजसंस्थाकै एजेन्डामा फर्किए कमल थापा

ekantipur.com · Sat Aug 26 00:49:39 GMT 2023

काठमाडौँ — कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्नो मूल मुद्दा पुनः संवैधानिक राजसंस्था हुने निर्णय गरेको छ । पार्टीको बिहीबार र शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

२०६३ मा गणतन्त्र स्थापना हुँदा राजतन्त्र पुनःस्थापनालाई मूल मुद्दा बनाएका थापाले २०७८ फागुनमा राप्रपासँगै राजतन्त्रको मुद्दा छाडेका थिए । राप्रपाको २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा मात्र त्यागेनन्, डेढ दशकदेखि बोक्दै आएको संवैधानिक राजतन्त्रको मुद्दा पनि छोडे । उनले आफ्नो पराजयमा निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र) को हात रहेको आरोप सार्वजनिक रूपमै लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)