मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलर अभावबीच हतियार किन्न ८४ करोड रकमान्तर

ekantipur.com · Mon Jul 11 00:35:55 GMT 2022

काठमाडौँ — विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले उपभोग्य वस्तुको आयातमा नियन्त्रण गरिरहेकै बेला नेपाल प्रहरीका लागि ८४ करोडका हतियार खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले जाँदाजाँदै रकमान्तर गरेर हतियार किन्ने प्रयोजनका लागि बजेट सुनिश्चित गरिदिएका हुन् ।

मिलेमतोमा हतियार खरिद गर्ने गरी सरकारले तीन वर्षअघि बनाएको कार्यविधिअनुसार बिचौलिया, राजनीतिक शक्ति केन्द्र र प्रहरीका उच्च अधिकारीहरूले कमिसनका रूपमा ढुकुटीको रकम हत्याउने गरेका छन् । यसपालि प्रधानममन्त्रीको प्रत्यक्ष निर्देशनमा अर्थ तथा गृहका अधिकारीको ‘ग्रिन सिग्नल’ पाएपछि प्रहरी प्रधान कार्यालयले यही मसान्तभित्र प्रतीतपत्र खोल्ने तयारी गरेको छ । असार मसान्तमा हतार–हतार बजेट खर्च गर्ने र कमिसन भागबन्डा गर्ने उद्देश्यले बजेट रकमान्तर गरिएको अर्थकै अधिकारीहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)