पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
setopati.com · Thu Jun 11 03:18:20 GMT 2026

पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर बिहीबार बिहानदेखि एकतर्फी खुलेको छ। मंगलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो।
अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो। दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाइ सडक पूर्ववत सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)