फिफा विश्वकप छनाैटमा नेपालकाे दाेस्राे जित, ताइपेइ २-० ले पराजित
neplays.com · Thu Jun 03 17:53:20 GMT 2021
फिफा विश्वकप छनौटमा नेपालले चाइनिज ताइपेइविरुद्ध दुई शुन्यको जित निकालेको छ । यो जितपछि नेपाललले एशियन कपमा छनौट हुने संभावना जिवितै राखेको छ । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
कुवेत स्थित जाबेल अल अहम रंगशालामा भएको खेलको तेस्रो मिनेटमा नै नेपालले पेनाल्टी पायो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक डिबक्समा चाइनिज ताइपेइका खेलाडीको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । जसलाई अञ्जन विष्टले सहजै गोल गर्न सफल भए । चाइनीज ताइपेईविरुद्ध अञ्जनको यो तेस्रो गोल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)