मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ब्रह्मायणी फागुजात्रा समस्यामा

gorkhapatraonline.com · Sun Mar 05 00:47:59 GMT 2023

मण्डन देउपुर (काभ्रे), फागुन २१ गते । राज्यले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा २५० वर्षदेखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित यस मन्दिरमा बर्सेनि फागुजात्रा सञ्चालन गर्न पञ्चायतकालदेखि राज्यले आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो। पालिकाले रकम उपलब्ध गराउन नमिल्ने भन्दै एक्कासि सञ्चालन खर्च रोक्का गर्ने निर्णय गरेको छ। पञ्चायतकालमा २० हजार रुपियाँ जात्रा खर्च उपलब्ध गराउने गरिएकोमा वृद्धि हुँदै गत वर्ष ९७ हजार रुपियाँ उपलब्ध गराइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)