टर्की युरोकप प्रतियोगिताबाट बाहिरियो, स्वीजरल्याण्डको सम्भावना भने अझै
nepalghatana.com · Sun Jun 20 18:26:33 GMT 2021
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह ‘ए’ को खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ ले हराएको छ।
आइतबार अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले हरायो। खेलको छैटौं मिनेटमै हरिस सेफेरोभिचको गोलमा अग्रता बनाएको स्वीजरल्याण्डका लागि हेर्डन शाक्विरीले दुई गोल थपे। उनले खेलको २६ र ६८ औं मिनेटमा गोल गरेका थिए। उता टर्कीका लागि इर्फान काहभेचीले ६२ औं मिनेटमा गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)