लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री प्रचण्ड देउखुरी आउँदै
deshsanchar.com · Sat Mar 02 01:12:21 GMT 2024
दाङ- लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बाेधन गर्ने भएका छन्। शनिबार दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
प्रधानमन्त्री आउने भएपछि प्रदेशसभा भवन परिसर क्षेत्रमा सरसफाइदेखि आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)